काठमाडौं । सप्तरीमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुरूङगा नगरपालिका–५ बस्ने २८ वर्षीय नरेश मण्डल धानुक रहेको प्रहरीले जनाएको छ । धानुकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
धानुकले ती बालिकालाई फागुन १९ गते बेलुकी जबरजस्ती करणी गरी फरार भएको मोरङको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।
धानुकलाई बिराटनगर नगरपालिका–१५ मा लुकीछिपी हिँडडुल गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ फागुन २०७७, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा नक्कली नोटसहित तीनजना पक्राउ
जेनजीका नाममा सरकारी कार्यालयमा आगजनीमा संलग्नको आरोपमा पूर्वमन्त्री मोदीका स्वकीय सचिव पक्राउ
क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा पक्राउ
महिलाको हातबाट ब्याग खोस्ने चारजना पक्राउ
जेनजी आन्दोलनका क्रममा चितवनमा आगजनी गर्ने ४३ जना पक्राउ
जेनजी प्रदर्शनमा एटीएम तोडफोड गरेको आरोपमा युवक पक्राउ