धुम्बाराहीमा राखियो नेकपा एमालेको बोर्ड

सफल खबर संवाददाता

मंगलबार, २५ फागुन २०७७, ११ : १४
धुम्बाराहीमा  राखियो नेकपा एमालेको बोर्ड

काठमाडौं । सर्वोच्च अदालतले एमाले ब्यूँताइदिएपछि धुम्बाराहीको केन्द्रीय मूख्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा को बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो ।

बिहानै बोर्ड फेरिएको छ । धुम्बाराही पार्टी कार्यालयबाट आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको छ ।

आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नेकपा ऋषिराम कट्टेललाई दिदै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो ।

प्रतिक्रिया दिनुहोस