कर्णाली नदीमा एकै परिवारका दुई जनाको शव भेटियो

रासस

सोमबार, २४ फागुन २०७७, २१ : १९
कर्णाली नदीमा एकै परिवारका दुई जनाको शव भेटियो

सांकेतिक तस्वीर

काठमाडौं । कर्णाली नदीमा एकै परिवारका दुई जनाको शव भेटिएको छ । अन्य तीन जना हराइरहेका छन् । 

प्रहरीका अनुसार माछा मार्ने क्रममा अछामको पञ्चदेवल विनायक नगरपालिका– ४ बेलखेत नजिकै जाल तान्दा शव भेटिएको हो  । 

पश्चिम दैलेखको आठबीस नगरपालिका– ३ निमायल निवासी  मानसिंह बडुवालकी  दुई छोरी  वर्ष १६ की कल्पना बडुवाल र वर्ष १२ सरिता बडुवालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी  प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार मानसिंहकी ३ छोरी, एक छोरा र श्रीमती आइतबार दिउँसो ४ बजेदेखि बेपत्ता भएका थिए भने दुई जनाको शव कर्णाली नदीमा भेटिएको हो । अन्यको अवस्था अझैपनि अज्ञात रहेको भन्दै प्रहरीले खोजी कार्य जारी रहेको जनाएको छ । 

डीएसपी श्रेष्ठले मानसिंहकी हालपनि एक छोरी एक छोरा र श्रीमती बेपत्ता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस