चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललगायतको टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा अनुगमन गरेको छ । भरतपुर २६ स्थित अत्यन्तै बाढी प्रभावित क्षेत्र सिसुवार क्षेत्रको स्थलगत निरीक्षण गरेको हो ।
नारायणी तथा राप्ती नदीको किनारमा वर्सोनि वर्षातको पानीले जमिन कटान गरी सिसुवार क्षेत्रमा ठूलो मात्रामा क्षति पुर्याउने गरेको छ । सो क्षेत्रको अवस्था कस्तो छ, आगामी वर्षाको समयमा कटान गर्ने सम्भावना रहन्छ, या रहँदैन, नदी तटबन्धनको प्रभावकारी कार्य मध्येनजर गर्दै स्थलगत अनुगमन गरिएको हो ।
नदीमा थुप्रीएका नदीजन्य पदार्थको उत्खनन नगर्दा अझै जोखिम बढ्ने सम्भावना देखिएकोले उक्त तटबन्ध स्थलगत निरीक्षण तथा अनुगमनको लागि भरतपुर महानगर प्रमुख मेयर रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीले स्थलगत निरीक्षण तथा अनुगमन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ फागुन २०७७, १४ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सोबिता गौतमलाई बधाई दिँदै रेनु दाहालको प्रतिक्रिया : जनताको अमुल्य मतको सम्मान गर्दछु
चितवन–३ : सोविताभन्दा रेनु ६९९ मतले पछाडि
चितवन–३ मा रेणु दाहालको दाबी: अनुभव र कामकै आधारमा योग्य उम्मेदवार
रेनु दाहालले सार्वजनिक गरिन वेवसाईट
चितवनका बुद्धिजीवीहरू रेनु दाहाललाई जिताउन एकजुट
रेनु दाहाल : संविधानसभा देखि नगरसभासम्म कानुन निर्माणमा खारिएकी नेतृ