भरतपुर प्रमुख रेनु दाहालबाट बाढी प्रभावित क्षेत्रको निरीक्षण

सफल खबर संवाददाता

सोमबार, २४ फागुन २०७७, १४ : ०२
भरतपुर प्रमुख रेनु दाहालबाट बाढी प्रभावित क्षेत्रको निरीक्षण

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललगायतको टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा अनुगमन गरेको छ । भरतपुर २६ स्थित अत्यन्तै बाढी प्रभावित क्षेत्र सिसुवार क्षेत्रको स्थलगत निरीक्षण गरेको हो ।  

नारायणी तथा राप्ती नदीको किनारमा वर्सोनि वर्षातको पानीले जमिन कटान गरी सिसुवार क्षेत्रमा ठूलो मात्रामा क्षति पुर्याउने गरेको छ । सो क्षेत्रको अवस्था कस्तो छ, आगामी वर्षाको समयमा कटान गर्ने सम्भावना रहन्छ, या रहँदैन,  नदी तटबन्धनको प्रभावकारी कार्य मध्येनजर गर्दै स्थलगत अनुगमन गरिएको हो । 

नदीमा थुप्रीएका नदीजन्य पदार्थको उत्खनन नगर्दा अझै जोखिम बढ्ने सम्भावना देखिएकोले उक्त तटबन्ध स्थलगत निरीक्षण तथा अनुगमनको लागि भरतपुर महानगर प्रमुख मेयर रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी  प्रेमलाल लामिछाने र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीले स्थलगत निरीक्षण तथा अनुगमन गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस