काठमाडौं । निर्वाचन आयोगले सर्वोच्च अदालतले नेकपाको आधिकारिक नामका सन्दर्भमा आज गरेको फैसला कार्यालय समयमा नै प्राप्त भई दर्ता भएको जनाएको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता गर्ने आयोगको २०७५ जेठ २३ र २०७५ कात्तिक ९ मा भएको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरिएको सम्बन्धी फैसला आज प्राप्त भएको जानकारी दिनुभयो ।
आयोगको विज्ञप्तिमा भनिएको छ, “सर्वोच्च अदालको आदेश एवं फैसलाको जानकारी पठाएको सम्बन्धी पत्रसाथ संलग्न नेपाल कम्युनिष्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टीसँग मिल्ने गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता गर्ने यसअघिको निर्णय बदर भएको जानकारी कार्यालय समयमा नै प्राप्त भएको छ ।”
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २३ फागुन २०७७, २० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्सिबाट सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने
समानुपातिक सूचीबाट १७५ जनाको नाम फिर्ता
८५ पुग्यो बन्द सूचीबाट नाम फिर्ता लिनेको संख्या
राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दो वातावरण छ : निर्वाचन आयोग
मतदानमा भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्था हुन्छ: निर्वाचन आयोग
बन्द सूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्को थप्न समय दिइने