काठमाडौं । कर्तव्य गरी हत्या गरेको आरोपमा प्रहरीले १७ वर्षपछि एक आरोपितलाई आज पक्राउ गरेको छ । सप्तरीको महादेवा गाउँपालिका–४ लोहजरास्थित घरबाट ४३ वर्षीय देवनारायण खङ्ग मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीकले जनाएको छ ।
प्रहरी चौकी डिमनबाट खटिगएको टोलीले मण्डललाई घरमै लुकी बसेको अवस्थामा पक्राउ गरेको हो । उनीमाथि महादेवा गाउँपालिका–४ लोहजराका सुकृत सदालाई २०६० पुस ८ गते हत्या गरेको आरोप छ ।
प्रहरीका अनुसार फुपूलाई ललाइफकाइ भगाई लगेको आवेसमा आरोपित मण्डलले घर अगाडि ट्युवेलमा नुहाइरहेका सदाको पेटमा फलामको धारिलो छुराले प्रहार गरी घाइते बनाएका थिए । आन्द्राभुँडी बाहिर निस्की रगताम्य भई बेहोस भएका सदालाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सदासँग भागेकी मण्डलकी फुपूले घर जान नमानेपछि गाउँले भेला भई छलफल गरी उनलाई माइती पक्षको जिम्मा लगाएको थियो । सोही रिस थाम्न नसकी मण्डलले सदाको हत्या गरेको आरोपमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी भुवनेश्वरप्रसाद साहले बताउनुभयो । आरोपित मण्डलविरुद्ध सदाकी श्रीमती लीलादेवी सदाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दर्ता गराएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २३ फागुन २०७७, २० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ
मन्जुरीविना बिहे गराइदिएको आरोपमा एकजना पक्राउ
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ
कालीमाटी र बल्खुबाट ३५ जना बिचौलिया पक्राउ
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ