प्रचण्ड नेपाल समूहको जानकारी पत्र संसद् सचिवालयमा भयो दर्ता

सफल खबर संवाददाता

आइतबार, २३ फागुन २०७७, १५ : १९
प्रचण्ड नेपाल समूहको जानकारी पत्र संसद् सचिवालयमा भयो दर्ता

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको नेता परिवर्तनको जानकारी पत्र संसद् सचिवालयमा दर्ता भएको छ । पुष्पकमल दाहाल संसदीय दलको नेतामा चयन भएको व्यहोराको पत्र संघीय संसद सचिवालयमा दर्ता भएको सांसद् रामनारायण बिडारीले जानकारी दिएका हुन् ।

फागुन २१ गतेको दाहाल-नेपाल पक्षको संसदीय दलको बैठकले दाहाललाई दलको नेता चयन गरेको थियो । आइतबार पनि दलको बैठकपछि दाहाल-नेपाल पक्ष महासचिवकहाँ निवेदन लिएर गएका थिए ।

आइतबार दिउँसो २ बजेतिर महासचिवको कक्षमा दाहाल-नेपालसहित सांसदहरू निवेदन लिएर गएका थिए । महासचिवले पत्र बुझेपनि दर्ता गर्न भने मानेका थिएनन् ।
 

प्रतिक्रिया दिनुहोस