संसदका महासचिवद्दारा प्रचण्ड नेपाल पक्षको निर्णय दर्ता गर्न आनाकानी

सफल खबर संवाददाता

आइतबार, २३ फागुन २०७७, १४ : ३२
संसदका महासचिवद्दारा प्रचण्ड नेपाल पक्षको निर्णय दर्ता गर्न आनाकानी

काठमाडौं । प्रचण्ड नेपाल पक्षको संसदीय दलको बैठकका निर्णय संसदका महासचिवले दर्ता गर्न आनाकानी गरेका छन् । महासचिवले दलको निर्णय दर्ता गर्न नमानेपछि शीर्ष नेताहरुले महासचिव गौतमलाई भेटेर जानकारी लिएका छन् । 

महासचिव गौतमले निर्णय दर्ता गर्न नमानेको र कानुनी प्रक्रिया बुझेर मात्र गर्ने बताएको सांसद अन्जना बिशंखेले जानकारी दिइन । 
नेकपामा ओली पक्षले संसदीय दलको प्रमुख सचेत देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई चयन गरेको थियो । 

तर प्रचण्ड माधव पक्षले गुरुङ नै प्रमुख सचेतक रहेको भन्दै गुरुङलाई नै सचेतकको हैसियत दिन माग गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस