कोभ्याक्स सुविधाको कोरोना खोप काठमाडौं आइपुग्यो

सफल खबर संवाददाता

आइतबार, २३ फागुन २०७७, १२ : ४७
कोभ्याक्स सुविधाको कोरोना खोप काठमाडौं आइपुग्यो

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोपको ३ लाख ४८ हजार डोज नेपाल आइपुगेको छ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोपको पहिलो खेप आइतबार बिहान काठमाडौं आइपुगेको हो ।

स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप ग्रहण गरे ।अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको यो खोप पनि भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत नेपालले २० प्रतिशत नागरिकलाई पुग्ने खोप विश्व स्वास्थ्य संगठनमार्फत् प्राप्त गर्ने छ ।दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कमा कोभ्याक्समार्फत नेपालसँगै बंगलादेश र श्रीलंकाले पनि खोप पाउने छन् ।

प्रतिक्रिया दिनुहोस