सभामुखसँग प्रचण्ड-नेपालले गरे भेटवार्ता

सफल खबर संवाददाता

आइतबार, २३ फागुन २०७७, १२ : २७
सभामुखसँग प्रचण्ड-नेपालले गरे भेटवार्ता

काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सभामुख अग्नी सापकोटालाई भेटेका छन् । 

संसद् सचिवालयस्थित सभामुखको कार्यकक्षमा पुगेर प्रचण्ड–नेपालले बिहान ११ बजेपछि सापकोटासँग भेटवार्ता गरेका हुन् । आधा घण्टा चलेको भेटवार्तामा के कुरा भयो भन्नेबारे बाहिर आएको छैन । 

प्रतिनिधिसभाको सातौं हिउँदे अधिवेशन आज ४ बजे बस्दैछ। बैठकअघि प्रचण्ड–नेपालले सभामुखसँग गरेको परामर्शलाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

सभामुखसँग आज बस्ने संसद बैंठकका विषयमा छलफल भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गरेको असंवैधानिक प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि आज संसद् बैठक बस्न लागेको हो।

प्रतिक्रिया दिनुहोस