काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मुल्य उकालो लागेको छ । अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आज साताको पहिलो दिन नै तोलामा रु ५ सय ले वृद्धि भएको हो ।
मूल्य उकालो लाग्ने क्रममा आज छापावाला सुन तोलामा रु ८६ हजार १०० मूल्य निर्धारण भएको छ । छापावाला सुन तोलामा शुक्रबार रु ८५ हजार ६०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन पनि तोलामा रु ५०० ले नै उकालो लागेको छ ।
तोलामा रु ८५ हजार १५० मा शुक्रबार कारोवार भएको तेजाबी सुन आजका लागि भने रु ८५ हजार ६५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी तोलामा रु एक हजार २५० मा कारोवार हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ फागुन २०७७, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको ?
सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
तोलामा ७ हजार १ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
२ हजारले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?