दीप बस्न्यात आफैले हटाए सर्वोच्चमा सुनुवाइको पेसी

पत्रपत्रिकाबाट

आइतबार, २३ फागुन २०७७, ०८ : ०७
दीप बस्न्यात आफैले हटाए सर्वोच्चमा सुनुवाइको पेसी

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले आफूलाई थुनामा पठाउने विशेष अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको निवेदनको पेसी शुक्रबार आफैले स्थगित गराउनुभएको छ ।

पूर्वप्रमुख आयुक्त बस्न्यातको निवेदनमाथि सुनुवाइका लागि न्यायाधीशहरू डा आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलास तोकिएको थियो । सो निवेदनको सुनुवाइको क्रम संख्या ‘ठ’मा थियो ।

तर बस्न्यात आफैले निवेदनको पेसी स्थगित गरी पाउन निवेदन इजलासले मागबमोजिम हुने गरी अनुमति दिएको हो ।अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई बालुवाटारको ललिता निवास प्रकरणमा दोषी ठह¥याउँदै गत मंसिर २८ गते विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

सो अदालतका अध्यक्ष प्रेमराज कार्की तथा सदस्यद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको हो । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस