गोपाल किराती प्रचण्ड नेपाल समुहमा आउन बाटो खोज्दै

सफल खबर संवाददाता

आइतबार, २३ फागुन २०७७, ०७ : ३३
गोपाल किराती प्रचण्ड नेपाल समुहमा आउन बाटो खोज्दै

काठमाडौं । तत्कालिन एमाले र माओवादी केन्द्र वीचको एकता गर्ने वेला एकताप्रति असन्तुष्टि जनाउँदै एकता प्रक्रियामा सामेल नहुने नेता थिए विश्वभत्रः दुलाल –(आहुत) र गोपाल किराती (साइला) ।

उनीहरुले एमालेसाग विचार राजनीति नमिल्दा सम्म एकता गर्न नहुने भन्दै मत राखिरहेका थिए । अन्तत एकतामा सहभागी पनि भएनन । किरातीले नेकपा –माओवादी नामको पार्टी नै पूर्नगठन गरेर निर्वाचन आयोग पुगे ।

दुलालले वैज्ञानिक समाजवादी पार्टी गठन गरे । दुलालको पार्टी अहिले विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य –किरण नेतृत्वको नेकपा  क्रान्तिकारी माओवादी र ऋषि कटटेलको नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसाग रणनीतिक मोर्चामा आवद्ध छ ।

गोपाल किरातीलाई उनी आफैले पूर्नगठन गरेको पार्टीवाट निश्काशन गरिएको अवस्था छ । उनी वौद्द दर्शनतिर झुकाव राख्न पुगेको भन्दै उनलाई पार्टीले कारवाही गरेको अर्काे पक्षको दावी छ ।

यो अवस्थामा रहेका किराती अहिले प्रचण्ड नेपाल समुहले आफुलाई साथ खोजे आफु पार्टीमा जान चाहेको वताउन थालेका छन् ।यसका लागि नेकपाको प्रचण्ड नेपाल समुहका नेताहरुसाग उनले अनौपचारिक रुपमा सम्र्पक् वढाउन खोजेका छन् ।

अव फेरि प्रचण्ड सँगै एक भएर जानुको विकल्प नभएको र त्यसका लागि आफुलाई उपयुक्त जिम्मेवारी सहित पार्टीमा फर्किने वातावरण वनाईदिन उनले निकटस्थ मार्फत खुमलटारमा सन्देश पुराईरहेको एक सूत्रले वताएको छ ।

प्रतिक्रिया दिनुहोस