विस्फोटमा परी आतङ्ककारी नै मारिए

शनिबार, १० चैत्र २०७४, १८ : ४७
विस्फोटमा परी आतङ्ककारी नै मारिए

मैमाना, अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा अचानक भएको विस्फोटमा परी १० तालिबान आतङ्ककारी मारिनुको साथै अन्य चार घाइते भएका छन ।

सैनिक स्रोतले शनिबार सो जानकारी दिएको छ । प्रान्तीय राजधानी मैमानाको दक्षिणमा पर्ने पासतोन कोट जिल्लाको सर हाव्ज सहरमा स्थानीय समयाअनुसार शुक्रबार १०ः३० बजे राति सो विस्फोट भएको सैनिक अधिकारी हानीफ रेजाईले सिन्ह्वा समाचार समितिलाई बताउनु भएको छ ।

विस्फोट पर्दाथ बनाउनको लागि व्यस्त रहेका ती तालिबान आतङ्ककारीहरुको मृत्यु भएको बताइएको छ । मारिएका ती आतङ्ककारीहरु मध्ये दुई जना बम बनाउने निपूर्ण रहेकाहरु थिए ।
सरकारसँग युद्धरत तालिबान आतङ्ककारी समूह यस विस्फोटको विषयमा कुनै टिप्पणी गरेका छैनन् । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस