काठमाडौं । बेलौरी नगरपालिका–१० पहाडी टोल नजिक क्षेत्रबाट सशस्त्र प्रहरीको सीमा इलाका गस्ती टोलीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई आज पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट भुडाबाट खटिएको गस्ती टोलीले चार ग्राम ब्राउनसुगरसहित कैलाली टिकापुर नगरपालिका–३ का २५ वर्षीय सन्तोष चौधरी र कञ्चनपुरको पुर्नवास नगरपालिका–१० का २५ वर्षीय रेशमान चौधरीलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूले चलाउँदै गरेको से३प ७५९२ नंको मोटरसाइकल, दुई थान मोबाइल र नगद रु दुई हजार १७० बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्र्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताउनुभयो । पक्राउ परेका दुवैलाई मोटरसाइकल र बरामद लागुऔषधसहित आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय बेलौरीमा बुझाइएको छ ।
यसैगरी कृष्णपुर नगरपालिका–४ का दुई जनालाई इलाका प्रहरी कार्यालय गुलरियाले लागुऔषध चरेससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीवन ऐर र कमल दौल्याल रहेका छन् ।
दुवै जनाको साथबाट १८६ ग्राम लागुऔषध चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार पक्राउ परेकालाई अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २२ फागुन २०७७, २० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फरार कैदीबन्दी रुपन्देहीबाट पक्राउ
काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ