मन्त्रीक्वार्टर पुगेर विप्लवले सम्झौता छिटो कार्यान्वयन गर्न गृहमन्त्री थापालाई दिए दबाब

सफल खबर संवाददाता

शनिबार, २२ फागुन २०७७, १३ : ४७
मन्त्रीक्वार्टर पुगेर विप्लवले सम्झौता छिटो कार्यान्वयन गर्न गृहमन्त्री थापालाई दिए दबाब

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ ले शनिबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेटेर आफूसँग भएको सम्झौता छिटो भन्दा छिटो कार्यान्वयन गर्न दवाव दिएका छन् । शान्तिपूर्ण राजनीतिमा आउन सहमत  महासचिव ‘विप्लवले सरकारसँग भएको तीन बुँदे सहमति अक्षरस कार्यान्वयन गर्न ढिला गर्न नहुने भन्दै विप्लवले त्यसका लागि बादलको ध्यानाकषर्ण गराएका हुन् ।

विप्लवले आफू सार्वजनिक भएको र सरकारसँग सहमति गरेको भोलिपल्ट ‘बादललाई भेटेर खासगरी कारगारमा रहेका आफ्ना नेता तथा कार्यकर्ताहरुको रिहा र मुद्दा फिर्ताका लागि तदारुकता देखाउन दबाब दिएका हुन्।

बादलका प्रेस संयोजक किरण भट्टराईले विप्लव र गृहमन्त्री बादलबीच पछिल्लो सम्झौता र आगामी राजनीतिक कोर्षबारे छलफल भएको पुष्टि गरे। भट्टराईका अनुसार सरकारसँग भएको शान्ति सम्झौता अनुसार आफ्ना नेता तथा कार्यकर्ताहरुको रिहा र मुद्दा फिर्तामा विप्लव केन्द्रित थिए।

त्यसमा गृहमन्त्री थापाले पनि सरकारको प्रतिवद्धता अनुसार प्रक्रियागत ढंगबाट काम अघि बढाउने आश्वासन विप्लवलाई दिएका छन्।विप्लव शुक्रबार सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँगै एउटै मञ्चमा देखा परेका थिए।

प्रतिक्रिया दिनुहोस