चितवनमा चार किलो गाँजासहित तीन जना पक्राउ

सफल खबर संवाददाता

शनिबार, २२ फागुन २०७७, ११ : १२
चितवनमा चार किलो गाँजासहित तीन जना पक्राउ

file Photo

चितवन । चितवनमा प्रहरीले चार किलो लागुऔषध (गाँजा) सहित तीन जनालाई पक्राउ गरेको छ।

सिमलढापबाट भोजाडतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ प १९२ र ना ५४ प ३६०८ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिहरुलाई गाँजासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।

भरतपुर महानगरपालिका-२ बेलटाँडी बस्ने २१ वर्षीय श्याम थापा क्षेत्री, सोही ठाउँ बस्ने ३२ वर्षीय टेकेन्द्र राजवंशी र इच्छाकामना गाउँपालिका-७ बस्ने २३ वर्षीय भीमराज गुरुङलाई नियन्त्रणमा लिइएको थापाले बताए।

उनीहरुलाई चितवन जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस