काठमाडौँ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी दल कस्को भन्ने विवादको निर्णय आइतबार सुनाउने भएको छ ।
याधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा यही फागुन १३ गते बिहीबार निर्णय सुनाउने मिति तय गरेपनि पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक विदा परेकाले यही फागुन २३ गते आइतबार उक्त विवादको निर्णय सुनाउने भएको हो ।
नेपाल कम्युनिस्ट पाटी (नेकपा)ले आफ्नो पार्टीसँग नाम जुधाएको विवादमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले दायर गर्नुभएको रिट निवेदनको सुनुवाइ सम्पन्न भइसकेको छ ।
अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा २०६९ मा नेकपाका नाममा आफूले दल दर्ता गरेको तर तत्कालीन एमाले र माओवादीबीच २०७५ साल जेठ ३ गते एकता भएर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०कै नाममा निर्वाचन आयोगमा दल दर्ता भएको विरुद्ध रिट निवेदन दायर गर्नुभएको थियो ।
अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा त्यसविरुद्ध उजुरी दिएपनि केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को पक्षमा निर्णय गरेको थियो । उक्त निर्णय विरुद्ध अध्यक्ष कट्टेलले २०७५ साल मङ्सिर २१ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २१ फागुन २०७७, १९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दल दर्ताका लागि विप्लव नेतृत्वको नेकपाले दियो निर्वाचन आयोगमा निवेदन
दल दर्ताका लागि निर्वाचन आयोग जाँदै विप्लव नेतृत्वको नेकपा
विप्लव नेतृत्वको नेकपाले कात्तिक २० गते काठमाडौंमा सभा गर्ने
माओवादीको एकता ‘प्रस्ताव’लाई ‘विप्लव’ नेतृत्वको नेकपाले गर्यो स्वागत
विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध साउन ३० गते देशभर प्रदर्शन गर्ने
एमालेले आज ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्दै