साहसिक कदम चालेको भन्दै प्रधानमन्त्रीले दिए विप्लवलाई बधाई

सफल खबर संवाददाता

शुक्रबार, २१ फागुन २०७७, १५ : ४८
साहसिक कदम चालेको भन्दै प्रधानमन्त्रीले दिए विप्लवलाई बधाई

file Photo

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियामा आएर नेकपाका महासचिव विप्वलले साहसिक कदम चालेको भन्दै प्रशंसा गरेका छन् । शुक्रबार नेपाल सरकार र विप्लव समूहबीच भएको सहमतिको हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै ओलीले जनताले शान्ति खोजेको भन्दै जनताको सो आकाँक्षा पुरा भएको पनि बताए । 

‘नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवजी, म उहाँलाई बधाइ भन्न चाहन्छु, स्वागत भन्न चाहन्छु र शुभकामना भन्न चाहन्छु  । उहाँले जुन साहसिक कदम चाल्नु  भएको छ, राज्यको तर्फबाट र पार्टीको तर्फबाट हार्दिक धन्यवाद भन्न चाहन्छु  ।’

 नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको भन्दै विप्लवले चालेको शान्तिपूर्ण राजनीतको यो कदम साहसिक भएको ओलीले बताए । उनले यो विप्लवको आन्दोलन फोर्स ल्याण्डिङ नभएर सेफ ल्याण्डिङ  भएको पनि बताए । 

‘नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ ।  अब नेपालमा हिंसात्मक द्वन्द्व छैन । हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले पनि अबलम्बन गरेको छैन । नेपालमा शान्ति छ। हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले पनि अबलम्बन गरेको छैन । नेपालमा शान्ति छ ।’

उनले आफूहरुले विप्लव समूहसँग नगरा बजाएर वार्ता नगरेको भन्दै निकै लामो छलफलपछि यो अवस्थामा आइपुगेको बताए ।
 

प्रतिक्रिया दिनुहोस