नेकपा (प्रचण्ड–माधव) समुहका नेता घनश्याम भुषालले किन राखे यस्तो प्रस्ताव ?

सफल खबर संवाददाता

शुक्रबार, २१ फागुन २०७७, ०९ : २२
नेकपा (प्रचण्ड–माधव) समुहका नेता घनश्याम भुषालले किन राखे यस्तो प्रस्ताव ?

काठमाडौं । नेकपाको प्रचण्ड नेपाल समुहका स्थायी समिति सदस्य हुन्– घनश्याम भुषाल । प्रधानमन्त्री केपी ओलीले स्वेच्छाचारिता र असम्वैधानिक ढंगले प्रतिनिधीसभा विघटनको निर्णय लिएपछि ओलीकै क्याबिनेटबाट राजीनामा दिने ७ मन्त्री मध्येका एक पनि हुन् भुषाल । त्यसपछिका नेकपाका परिदृश्य सतहमै छन् ।

ओलीले प्रचण्डको कार्यकारी अधिकार खोस्ने देखि केन्द्रीय समिति बिस्तार गरी झण्डै १५ सय पु¥याउनेसम्मका हर्कत र प्रचण्ड माधव नेपाल पक्षले ओलीलाई पार्टी अनुशासन विपरित अगाडी बढेको भन्दै साधारण सदस्य समेत नरहने गरी कारवाही र माधव नेपाललाई ओलीको स्थानमा अध्यक्ष बनाउने सम्मका गतिविधि यस बीचमा भएका छन् । आरोप प्रत्यारोपको श्रृंखला त कति भए कति । ओलीको असम्वैधानिक कदम अन्ततः अदाललतले बदर गरिदिएपछि फेरि ओली क्याम्पमा भूकम्प गएको छ ।

पार्टी एकता गरौं, नयाँ शिराबाट सोचौं भन्दै ओलीका क्याम्पका नेताहरु प्रचण्ड माधव नेपाल समुहका नेताहरुको शरणमा पर्न आएको आएै छन् । उपाध्यक्ष रहेका वामदेव गौतम त कतै नखुली यता हुन्छ की उता हुन्छ ? आफु कता सुरक्षित होइन्छ भन्दै एकताको नारा दिएर हिडेको हिड्यै छन् ।
तर उनको प्रयासले पनि सार्थकता पाउने छेउछन्द नै छैन् ।

यही बीच ओलीका विश्वास प्राप्त शंकर पोखरेलको दौडधुप निक्कै बाक्लिएको छ । उनी घनश्याम भुषाल लगायतका प्रचण्ड नेपाल समुहका स्थायी समिति सदस्यलाई फकाउन तल्लिन देखिएका छन् । साच्चै हो क्यारे, ओली सुध्रिन तयार भएकी भनेर भुषाल पनि केही दिन यता एकताको पहलका लागि कम्मर कसेर जुटेका छन् । 

तर प्रचण्ड र माधव नेपालले ओलीसँग अब एकता नहुने बताईसकेका छन् । ओलीलाई कारवाही गरिसकिएकाले ओली बाहेकका नेताहरु पनि मुल घरमा फर्किएर आए जिम्मेवारी दिने प्रचण्ड नेपालले बताईसकेका छन् । तर शंकर पोखरेलको छटपटाहट र ललिपपमा अहिले घनश्याम भुषालहरु फेरि एकताको राप अंगाल्न लागिपरेका छन् ।

त्यही क्रममा भुषालले अहिले नेताहरुका बीचमा नयाँ प्रस्ताव अगाडी सारेका छन् । स्रोतका अनुसार, भुषालले प्रचण्ड, ओली, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम अध्यक्ष रहेको अध्यक्ष मण्डल बनाउन र सबैले आलोपालो अध्यक्षता गरेर जाने, सचिवालय त्यसबेलाको ९ जनाको भंग गर्ने र स्थायी समितिका सक्रिय रहेका नेताहरुको सचिवालय बनाउने र त्यो सचिवालयले ब्यवस्थापकिय कार्यहरु मात्र गर्ने गरी अगाडी बढनुपर्ने गरी प्रस्ताव अगाडी बढाएका छन् । भुषालको यस्तो प्रस्तावमा पोखरेलले पनि सहमति जनाएको बताईएको छ ।

तर भुषालको यस्तो प्रस्तावमा वर्षमान पुन, जर्नादन शर्मा, घनश्याम भुषाल, योगेश भट्टराई लगायतका नेताहरुका बीचमा छलफल चलाउन थालिएको छ । ओलीलाई राजीनामा दिन लगाएर यो प्रयास थाल्ने र नेकपाकै सर्वसम्मत हुने नेतालाई प्रधानमन्त्री बनाउने गरी जानुपर्ने प्रस्ताव पनि यो पक्षको छ । तर ओलीको हटेरीपनलाई बेलैमा चिन्न नसक्दा पार्टीमा यो खालको अवस्था आएको भन्दै नेतृत्व भने दोश्रो पुस्ताका यी नेताहरुको पहलमा सकारात्मक छैनन् ।

प्रतिक्रिया दिनुहोस