काठमाडौं । प्रहरीले काठमाडौँको चन्द्रागिरिबाट लागुऔषधसहित आज एक जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध ७०० एम्पुल नोर्फिन, ९०० एम्पुल डाईजेपाम र ७०० एम्पुल फेनारगनसहित पर्सा छिपरमाइ गाउँपालिका–५ बस्ने ३५ वर्षीय उपेन्द्र कुमारलाई प्रहरीले पक्राउ गरेको छ ।
पर्साबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ६३७७ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बिहान जाँच गर्ने क्रममा उनलाई लागुऔषधसहित पक्राउ गरेको हो ।
उनको विषयमा अहिले महानगरीय प्रहरी वृत थानकोटले लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान गरिरहेकोे महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो । यसैबीच बुधबार पनि काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध ९०० एम्पुल नोर्फिन, ९०० एम्पुल फेनारगन र ९०० एम्पुल डाइजेपामसहित बाराका १९ वर्षीय सोनुकुमार यादवलाई प्रहरीले पक्राउ गरेको थियो ।
वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज ७४५० नम्बरको टाटा सुमोलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार यादवलाई उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस्तै परिसरले आज एक सूचना जारी गरी २२ तोला बराबरको अवैध सुनको सिक्रीसहित भारतीय नागरिक तपस सस्मललाई पक्राउ गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २० फागुन २०७७, १९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खैरो हेरोइन र नगदसहित युवक पक्राउ
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ