कांग्रेसका प्रवक्ता विश्वप्रकाशले भने- प्रधानमन्त्री पदले ढोका ढक्ढकायो, हामी झ्यालबाट हेरिरहेका छौँ

सफल खबर संवाददाता

विहीबार, २० फागुन २०७७, १८ : ५७
कांग्रेसका प्रवक्ता विश्वप्रकाशले भने- प्रधानमन्त्री पदले ढोका ढक्ढकायो, हामी झ्यालबाट हेरिरहेका छौँ

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसलाई प्रधानमन्त्री पदको अफर आएको बताएका छन् । उनले प्रधानमन्त्री पदले नेपाली काँग्रेसको ढोका ढक्ढकाइरहेको बताए ।  

‘नेपाली काँग्रेस पार्टीले ढोका खोलेर त्यो प्रधानमन्त्री पदलाई ग्रहण गरिसकेको अवस्था छैन,’ प्रवक्ता शर्माले भने,  ‘हामी संयमतापूर्वक झ्यालबाट हेरिरहेका छौं। यो प्रस्तावमा हामीले हामीले कुन रुपमा प्रस्तुति राख्न ठीक हुन्छ भनेर।’

नेपाली काँग्रेसको पदाधिकारी बैठक बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा जारी छ। पछिल्लो राजनीतिक परिस्थितिबारे काँग्रेसले कस्तो कदम चाल्ने भन्ने विषयमा छलफल गर्न सभापति देउवाले बैठक डाकेका हुन्। वर्तमान पदाधिकारी र पूर्व पदाधिकारी सहभागी रहेको बैठकमा अबको राजनीतिमा कसलाई साथ दिने भन्ने विषयमा छलफल जारी रहेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन्।

प्रतिनिधि सभा पुनर्स्थापना भएसँगै संसद अधिवेशन आह्वान भइसकेको अवस्थामा नेकपाका दुई पक्षदेखि देशवासीले काँग्रेसको निर्णय पर्खिरहेको छ। यही विषयको निचोड निकाल्न काँग्रेस बैठकमा जुटेको शर्माले बताए। 

शर्माले प्रमुख प्रतिपक्षी दललाई वर्तमान सरकारले यो वार्तामा विश्वासमा लिने काम नगरेको भन्दै असन्तुष्टि जनाए। १० वर्षे द्वन्द्वमा काँग्रेसले मुख्य दललाई विश्वासमा लिने काम र समन्वय गरेको उल्लेख गर्दै शर्माले भने, ‘काँग्रेसले मृख्य नेतृत्व गरिरहेका राजनीतिक दललाई विश्वासमा लिएको थियो। काँग्रेसलाई सुसुचित र विश्वासमा लिने काम सरकारले गरेको छैन।

प्रतिक्रिया दिनुहोस