१०७ जना सङ्क्रमित थपिए, मृत्यु शून्य

सफल खबर संवाददाता

विहीबार, २० फागुन २०७७, १६ : २३
१०७ जना सङ्क्रमित थपिए, मृत्यु शून्य

काठमाडौँ । नेपालमा कोरोनाभाइरसका १०७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा सङ्क्रमितको मृत्यु शून्य रहेको छ । ७८ जना सङ्क्रमित निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १०७ जना सङ्क्रमित थपिदा नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७४ हजार ४८८ पुगेको जनाएको छ । हाल ७९५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । हालसम्म दुई लाख ७० हजार ६८३ जना सङ्क्रमित निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस