काठमाडौं । साताको चौथो दिन बुधबार पनि सेयर बजार परिसूचक नेप्से घटेको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने व्यापार र होटल तथा पर्यटन बाहेकका सबै समूहका सबइन्डेक्स घटेका छन् । व्यापार समूहमा भने उल्लास छाएको छ ।
यो समूह ९ प्रतिशतसम्दा धेरैले बढेको छ । होटल तथा पर्यटन समूह १ प्रतिशत भन्दा वृद्धि भएको छ । बाँकी सबै समूहका सबइन्डेक्सहरु घटेका छन् ।
सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ अंक भन्दा धेरैले घटेको छ । नेप्से परिसूचक ३९ दशमलव २३ अंकले घटेर २ हजार ४ सय १६ मा आइपुगेको छ । मंगलबारको तुलनामा कारोबार रकममा थोरै वृद्धि देखिएको छ ।
सोमबारको तुलनामा मंगलबार ५० करोड भन्दा धेरैले कारोबार रकम घटेको थियो । मंगलबार ६ अर्ब ११ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएकोमा बुधबार ६ अर्ब २५ करोड रुपैयाँ भन्दा धेरैको भएको छ । यद्यपि, केहि दिन अघिसम्मको तुलनामा कारोबार रकम सुस्ताएको हो ।
दैनिक ९ देखि १० अर्ब सम्म कारोबार हुने गरेकोमा पछिल्लो केहि दिन यता भने ६ अर्ब हाराहारीमा कारोबार रकम रोकिने गरेको छ । बजारमा यति ठूलो अंकको गिरावट आउँदा पनि चन्द्रागिरी र नेपाल साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।
बुधबार राधी हाइड्रोपावर, मेरो माइक्रोफाइनान्स तथा सानिमा बैंक लगायतका कम्पनीहरुका लगानीकर्ताहरुले भने कमाएका छन् । बुधबारमात्रै लाभांश घोषणा गरेको एनटीसीको सेयर मूल्य भने ५ प्रतिशत भन्दा धेरैले घटेको छ । एनटीसीले प्रतिशेयर ४० रुपैयाँका दरले लाभांश दिने घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ फागुन २०७७, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोहोरो अंकले घट्यो नेप्से परिसूचक
सामान्य बढ्यो सेयर बजार, कारोबार ९ अर्ब नजिक
१० अंकले घट्यो सेयर बजार
सेयर बजार २६२० अंकमा
यो साता १.३१ प्रतिशत घट्यो सेयर बजार
८.१४ अंकले घट्यो सेयर बजार