भूगोल साहित्य समाजको अध्यक्षमा विनोदकुमार नेपाल

रासस

बुधबार, १९ फागुन २०७७, १४ : ०१
भूगोल साहित्य समाजको अध्यक्षमा विनोदकुमार नेपाल

काठमाडौं । भूगोल साहित्य समाज भूसासको प्रथम साधारणसभाले आगामी दुई वर्षका लागि विनोदकुमार नेपालका अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

 समाजका उपाध्यक्षमा दिनेशविक्रम थापा, सचिवमा शैलेन्द्रकुमार शाह, कोषाध्यक्षमा हरिश्चन्द्र गौतम तथा सदस्यमा नवराज पुडासैनी, गुप्तबहादुर राना, उमेश तिमिल्सिना, मुकुन्द अर्याल प्रवक्ता र आमन्त्रित सदस्यमा पदमकुमारी सापकोटा निर्विरोध चयन भएका छन्  ।   

राष्ट्रिय वाणिज्य बैंकबाट सेवानिवृत्त साहित्यमा क्रियाशील व्यक्तित्वको सक्रियतामा साहित्य, अध्यात्म, संस्कृतिलगायत समाजका विविध विषयमा क्षेत्रमा शृङ्लाबद्ध कार्यक्रम आयोजना गर्ने उद्देश्यले गत २०७६ असोज ६ गते सो संस्था स्थापना भएको थियो ।  

साधारणसभामा सहभागीले कविता पनि वाचन गरेको  प्रवक्ता अर्यालले जानकारी दिए । 
 

प्रतिक्रिया दिनुहोस