काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहका नेता जनार्दन शर्माले जनमतको सम्मान र आफ्नो जनप्रतिनिधिको कर्तव्यसमेत कसरी पूरा गर्ने भन्नेबारे स्वतन्त्र ढंगले छलफल गर्न आवश्यक रहेको बताएका छन् ।
सामाजिक संजाल फेसबुकमा बुधबार लेख्दै शर्माले यस्तो छलफल यो वा त्यो नेतृत्वको पक्षमा नभएर साझा सुझाव तयार गर्ने अर्थमा लिनुपर्ने पनि बताएका छन्। कुनै त्राश र प्रलोभनमा नपर्ने गरी छलफल गरिनुपर्नेमा उनले जोड दिएका छन् ।
उनले सचिवालय सदस्यबाहेक सांसदहरूले छलफल गर्नुपर्ने पनि उल्लेख गरेका छन्। पार्टी, आन्दोलन र जनताका पक्षमा के गर्दा राम्रो हुन्छ भन्नेबारे स्वतन्त्र रूपले छलफल गर्न उनले अपिल समेत गरेका छन्।
जनताको आन्दोलन र अदालतको स्वतन्त्र र सुझबुझपूर्ण निर्णयबाट संसदको पुनर्स्थापना भएको सन्दर्भमा हामी प्रतिनिधिसभाका सांसदहरुले आफैप्रति उठेका प्रश्नहरुको जवाफ दिन आवश्यक रहेको पनि शर्माले बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ फागुन २०७७, १२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्दै, प्रदेश संयोजक तोक्ने
विप्लव पार्टीको चुनाव चिन्ह्रमा जनार्दन चुनाव लड्ने !
अन्जना विसंखेले पनि छोडिन जनार्दन शर्माको साथ
वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्दै जनार्दन शर्मा