काठमाडौं । पूर्व मन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षका नेता गोकुल बाँस्कोटाले प्रचण्ड नेपाल समूहले प्रधानमन्त्रीले राजनीमा नदिएसम्म संसद चल्न नदिने तयारीमा लागेको उल्लेख गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा मंगलवार ट्वीट गर्दै उनले उक्त समुहले राष्ट्रपतिमाथि पनि महाअभियोग लगाउने तयारी भइरहेको सुनिएको बताएका छन् ।
उनले ट्वीट गर्दै लेखेका छन्, ‘नेपाल कम्फरटेबल पार्टीले प्रमले राजीनामा नदिए सम्म सदन चल्न नदिने र राष्ट्रपतिलाई हतोत्साही बनाउनकै लागी भए पनि महाअभियोग ल्याउने तयारी गर्दै छन रे१ झलनाथको तयारीमा रामचन्द्र कवाफमा हड्डी भएर मात्र घोषणा नभएको रे। लौन प्रभु१ मिलाई देऊ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ फागुन २०७७, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोकुल बास्कोटाको टिप्पणी, ‘पटकपटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग चलेको छ’
प्रदेश संरचना पुनरावलोकन र समानुपातिक प्रणाली हटाउन गोकुल बास्कोटाको सुझाव
गोकुल बास्कोटाको सुझाव : 'सरकारले संघीयता खारेज गर्नुपर्छ'
राजनीतिक झगडामा अदालतबाट समाधान आउँदैन : बास्कोटा
बालेन सरकारको प्रतिबद्धतामाथि गोकुल बाँस्कोटाको टिप्पणी: ‘डेण्टिङ–पेण्टिङ नयाँवाद’
‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ : गोकुल बास्कोटा