वृद्धाले स्यानिटाइजर सेवन गरेपछि........

सफल खबर संवाददाता

मंगलबार, १८ फागुन २०७७, ११ : ०२
वृद्धाले स्यानिटाइजर सेवन गरेपछि........

विराटनगरमा । विराटनगरमा एक महिलाले स्यानिटाइजर खाँएपछि ज्यान गएको छ । शनिबार राति विराटनगर महानगरपालिका–१७ रघुपति लाइन क्वार्टरमा बस्दै आएकी ६५ वर्षीया अम्बिका अधिकारीले स्यानिटाइजर सेवन गरेकी थिइन्।

घरायसी विवादका कारण उनले स्यानिटाइजर सेवन गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए।

स्यानिटाजर सेवन गरेपछि उनलाई कोसी अस्पतालमा भर्ना गरिएको थियो।

सोमबार दिउँसो १ बजे उनको मृत्यु भएको डिएसपी राईले बताए।

प्रतिक्रिया दिनुहोस