कोरोना अपडेट: सोमबार ७३ जना संक्रमित थपिए, ३ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, १७ फागुन २०७७, १६ : ४६
कोरोना अपडेट: सोमबार ७३ जना संक्रमित थपिए, ३ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा ७३ जना कोरोना संक्रमित थपिएसँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७४ हजार २ सय १६ पुगेको छ ।

स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७७ पुगेको छ ।

सोमबार ६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ४ सय ७१ पुगेको छ । हाल देशभर ९ सय ६८ जना सक्रिय संक्रमित रहेका  छन् ।