यस्तो देश जहाँ दुई वटा बिहे नगरे हुन्छ कारबाही

एजेन्सी

सोमबार, १७ फागुन २०७७, १६ : ०१
यस्तो देश जहाँ दुई वटा बिहे नगरे हुन्छ कारबाही

एजेन्सी । नेपालमा एकभन्दा बढीसँग विवाह गरे बहु विवाहको मुद्दा लाग्छ । यदि कसैले दुई वा दुईभन्दा बढी विवाह गरेको खण्डमा उसलाई पाँच वर्ष जेल र ५० हजारसम्मको जरिवाना हुनसक्ने मुलुकी फौजदारी संहितामा उल्लेख छ । तर यो नियम नेपालका लागि हो ।

देश अनुसार आ–आफ्नै कानून हुन्छन् । एउटा यस्तो पनि मुलुक छ जहाँ दुई वटा विवाह नगरे उल्टै कारबाहीको भागेदार बन्नुपर्छ । अफ्रिकी मुलुक इरिट्रीयामा यस्तो अनौठो नियम बनाइएको छ ।

यो मुलुकको नियम नेपालको भन्दा ठिक विपरित छ । हरेक पुरुषले दुईवटा बिहे गर्नुपर्दछ । जहाँ पहिलो बिहेपछि अर्को बिहे नगर्दा उसलाई कानून लाग्छ । दोस्रो बिहे गरेन भने उसलाई उमेर कैद पनि हुन सक्ने व्यवस्था छ ।

यस्तो नियम बनाइनुको कारण पुरुषको तुलनामा महिलाको संख्या निकै बढी भएर हो । महिलाको सुरक्षाका लागि पनि यस्तो नियम बनाइएको बताइन्छ । त्यसैले हरेक पुरुषले दुईवटा बिहे गर्नुपर्छ । यदि महिलाले विवाह गर्न नमानेमा उसलाई पनि उमेर कैद हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस