एक्स्कर्सको नयाँ डीजीम्याक्स थ्रीइ मेसिन नेपालमा

सफल खबर संवाददाता

सोमबार, १७ फागुन २०७७, १५ : ३७
एक्स्कर्सको नयाँ डीजीम्याक्स थ्रीइ मेसिन नेपालमा

काठमाडौ । नेपालको लागि एक्स्कर्स मसिनहरुको आधिकारिक बिक्रेता आइएमई अटोमोटिभ्स् प्रा.लिले एक्स्कर्सको हेभिइक्यूपमेन्ट सेगमेन्टमा नयाँ मेसिन डीजीम्याक्स थ्रीइ ब्याक्होलोडरको विक्री खुल्ला गरेको छ । 

नयाँ मेसिन अत्याधिक कार्यक्षमतासहित डिजाईन अरुभन्दा फरक रहेको र डीजीम्याक्स थ्रीइ ब्याक्होलोडरमा अगाडी रहेको बोनेट हुडलाई इटालीयन क्याबिन डिजाइनबाट साभार गरी बिशेष आकर्षक बनाइएको अटोमोटिभ्स बताएको छ ।

साथै मेसिनको लाइटिङ्ग सिस्टममा पावरफुल तथा ठुलो साइजका लीड लाइटहरु प्रयोग गरिएको छ । अपरेटर कम्फर्टलाई ध्यानमा राखी आरामदायी सिट र राम्रो भेण्टिलेसन सिस्ट्म जडान गरिएको छ ।

अगाडी र पछाडी दुबैतिर क्याबिनको झयाल खोल्न सकिनेछ भने इच्छा अनुसार एडजस्ट पनि गर्न सकिने पावर स्टेरिङ्ग दिइएको छ ।यो मसिन बजारमा उपलब्ध मेसिनहरुभन्दा अत्याधुनिक तथा युजर फ्रेण्डल्ली भएको कम्पनीका बिजनेस हेड कुलदीप घिमिरेले बताए ।

डीजीम्याक्स थ्रीइ चौथो जेनेरेसन फिचर्समा आधारित छ । मेसिनको अपरेशन खर्च कम लाग्ने भएकाले ब्याक्होलोडर सेगमेन्टमा एक्स्कर्सको राम्रो मार्केट शेयर बढ्ने अनुमान गर्न सकिने छ ।

नेपालमा एक्स्कर्सको झण्डै ११०० युनिट भन्दा पनि बढि मेसिनहरु छन् । आइएमई अटोमोटिम्स प्रा.लिले देशभरका १२ वटै शाखा अन्तर्गत २०१४ देखी एक्स्कर्स कन्ट्रक्सन इक्युपमेन्टका ब्याक्होलोडर, सोइल कम्पयाक्टर, हाइड्रा क्रेनहरु बिक्रि वितरण गर्दै आएको छ ।

क्रेन सेगमेन्टमा एक्स्कर्स नेपालकै नबर १ ब्राण्ड रहेको र ग्राहकको रोजाई अनुसार मसिनहरु अझै अपग्रेड तथा अपडेट गरेर बजारमा ल्याउँदै जाने घिमिरेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस