महाभियोग लगाउनेबारे संसदको नयाँ नियम

पत्रपत्रिकाबाट

शनिबार, १० चैत्र २०७४, ०८ : ५८
महाभियोग लगाउनेबारे संसदको नयाँ नियम

काठमाडौं । संविधान संशोधन तथा संवैधानिक अंगका पदाधिकारीविरुद्ध महाभियोग लगाउनेबारे संसदले नयाँ नियम बनाउने भएको छ । आजको नयाँ पत्रिकाको पृष्ठ ३ मा यो खबर छापिएको छ ।
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा छलफलका लागि प्रस्तुत यसअघिको व्यवस्थापिका संसदको भन्दा केही फरक नियम समेटिएको छ ।
संघीय संविधानअनुसार प्रदेशसभासमेत गठन भइसकेकाले संविधान संशोधनबारे केही नयाँ प्रावधान संघीय संसदले अघि सारेको छ ।
कुनै प्रदेशको सिमाना परिवर्तन गर्नुपरे सहमतिका लागि प्रदेशसभामा पठाउनुपर्ने संघीय संसदको नियमावलीमा राखिएको छ ।
संविधानको अनुसूची ६ मा समावेश प्रदेशका अधिकारसम्बन्धी संसोधन गर्नुपरे पनि प्रदेश सभाको सहमति लिनुपर्ने गरी संघीय संसदको नियम बन्दै छ ।
पत्रपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस