शरीरमा देखिएका यी १० लक्षण ठूला रोगको संकेत, ढिला हुनुअघि पहिचान गर्नुहोस्

एजेन्सी

आइतबार, १६ फागुन २०७७, १५ : ०९
शरीरमा देखिएका यी १० लक्षण ठूला रोगको संकेत, ढिला हुनुअघि पहिचान गर्नुहोस्

काठमाडौं । हाम्रो शरीरले धेरैजसो विभिन्न प्रकारको रोगबारे संकेत दिन्छ तर मानिसहरु यसलाई नजरअन्दाज गरिदिन्छन् । यस्ता चेतावनीयुक्त संकेत यदि तपाईंले समय हुँदा नै थाहा पाउनुभयो भने ठूला रोग लाग्नबाट शरीरलाई बचाउन सक्नुहुन्छ । आउनुहोस्, यस्ता केही संकेतबारे जानकारी लिऔं जसले शरीर स्वस्थ छैन भनेर थाहा पाउन सकिन्छ ।

 १. पिसाबः

शौचालय जाँदा कहिले आफ्नो पिसाबको रङलाई नियालेर हेर्नुभएको छ रु पिसाबको रङले पनि स्वास्थ्यबारे धेरै कुरा बताउन सक्छ । डाक्टरका अनुसार पिसाबको रङ सामान्य रुपमा हल्का पहेँलो हुनुपर्छ । साथै पिसाबबाट कुनै तेज गन्ध पनि आउनु हुँदैन । तपाईंको पिसाब त्यस्तै छ भने चिन्ता गर्नुपर्ने कुनै कुरा छैन ।

२. खराब नङः

ओठजस्तै नङले पनि तपाईं स्वस्थ वा अस्वस्थ भएको तर्फ इशारा गर्छ । हात वा खुट्टाका नङमा अचम्मका लाइन, निशान वा नङको रङ नै परिवर्तित हुनु तपाईं अस्वस्थ हुनुहुन्छ है भन्नेतर्फ इशारा गर्छ । यसको रङ सधैं रातो हुनुपर्छ । शरीर कुनै गम्भीर रोगको चपेटामा त छैन भनेर नङले सङ्केत दिन्छ ।

३. कम उचाईः

तपाईंले कद बढ्नेबारे त सुन्नुभएको होला तर कहिले मानिसको उचाई नै घटेको बारे सुन्नुभएको छ रु धेरै मानिसहरु यसबारे सोच्दैनन् । तर वास्तवमा हाम्रो उचाई घट्न सक्छ । वास्तवमा यो हड्डीसँग सम्बन्धित एउटा समस्या हो । हामी यहाँ निकै कम व्यक्तिबारे कुरा गर्दै छौं जसको उचाई प्रोटिन वा क्याल्सीयमजस्ता महत्वपूर्ण पोषक तत्व नपाएका कारण घट्न सक्छ ।

४. बडी फ्याट पर्सेन्टेजः

एक स्वस्थ शरीरका लागि ‘बडी फ्याट पर्सेन्टेज’ नियन्त्रणमा हुनु निकै आवश्यक छ । बडी फ्याट पर्सेन्टेज बढ्नुको अर्थ तपाईंको शरीरमा लीन टिशूभन्दा बढी फ्याट टिशू बढिरहेको छ जुन कमजोर मांसपेशीको कारण बन्ने गर्छ । हिँड्ने, दौडने र कुनै पनि प्रकारको शारीरिक श्रम नगरेका कारण यस्तो समस्या बढ्ने गर्छ ।

५. मुखको दुर्गन्धः

गिजा सुन्निएका कारण थुप्रै पटक मुखबाट दुर्गन्ध आउन थाल्छ । तर के तपाईंलाई तपाईंको मुखबाट आउने दुर्गन्ध तपाईंको प्रतिरोधी क्षमतासँग पनि सम्बन्धित छ भन्ने कुरा थाहा छ रु मुखबाट दुर्गन्ध आउँदैन भने तपाईंको प्रतिरोधी क्षमता एकदम दुरुस्त छ भनेर बुझ्नुपर्छ ।

६. खुट्टा सुन्निनेः

रेडबुकको एउटा रिपोर्ट अनुसार शरीरको तल्लो हिस्सा अर्थात् खुट्टा सुन्निनुको अर्थ थाइराइड, मृगौला वा मुटुसँग सम्बन्धित समस्याबारे बताउन सक्छ । यस्तो समस्या शारीरिक गतिविधिका कारणले मात्रै हुन्छन् भन्ने छैन ।

७. फुटेको ओठः

तपाईंले यस्ता थुप्रै मानिसहरुलाई देख्नुभएको होला जो ओठ फुट्ने समस्याका कारण ओठमा सधैं लिप बामको प्रयोग गर्छन् । ओठ सधैं रूखो हुनु शरीरमा कुनै ठूलो समस्याको संकेत हुनसक्छ । डाक्टरका अनुसार ओठ फुट्ने समस्या शरीरमा भिटामिनको कमीका कारण पनि हुने गर्छ ।

८. निद्राः

के तपाईं राती मज्जाले सुत्न सक्नुहुन्छ ? मानिसहरुको निद्रामा स्वास्थ्यसँग जोडिएका थुप्रै रहस्य लुकेका हुन्छन् । गलत खानपिन, अत्यधिक क्याफिनको सेवन वा शरीरबाट पर्याप्त ऊर्जा ननिस्कने भएका कारण स्लिपिङ डिसअर्डर अर्थात् निद्रासँग सम्बन्धित समस्या हुन्छ जुन तपाईं अस्वस्थ भएको संकेत हो ।

९. शरीरको तापक्रमः

हात खुट्टा सधैं चिसो रहनु सामान्य होइन । साधारणतया मौसमको तापक्रमको हिसाबले नै हाम्रो शरीरको तापक्रम परिवर्तन हुन्छ तर यदि तपाईं लगातार यस्तै चिज महसुस गर्नुहुन्छ भने पक्कै कुनै गम्भीर समस्या छ । हात खुट्टा लगातार चिसो हुनु शरीरमा रक्तसञ्चारको समस्याका कारण हुनसक्छ । तपाईंको शरीरमा जति रक्तसञ्चार हुनुपर्ने हो त्यो नभइरहेको भन्ने पनि संकेत हुनसक्छ ।

१०. खराब छालाः

छालाको स्थितीले पनि मानिसहरुको स्वास्थ्य कस्तो छ, त्यो पहिचान गर्न सकिन्छ । साधारणतया केही मानिसहरुमा डण्डीफोरको समस्या हुन्छ तर छालासँग जोडिएका यस्ता समस्या अस्वस्थ भएको संकेत पनि हुनसक्छ । खराब डाइटले तपाईंको छालाको गुणस्तरलाई पनि खराब पार्न सक्छ । यदि तपाईंको छालामा केही अचम्मको धब्बा देखिएका छन् भने तपाईंले बुझ्नुपर्छ कि केही गलत छ ।

प्रतिक्रिया दिनुहोस