रघुजी पन्तले ‘पिँडुला देखाएर सांसद बनेकी’ भनेपछि कोमल ओलीले दिइन् जवाफ

सफल खबर संवाददाता

आइतबार, १६ फागुन २०७७, १० : २८
रघुजी पन्तले ‘पिँडुला देखाएर सांसद बनेकी’ भनेपछि कोमल ओलीले दिइन् जवाफ

काठमाडौँ । नेकपा नेता रघुजी पन्तले सांसद कोमल ओलीलाई पिँडुला देखाएर सांसद बनेकी भनेपछि उनले कडा आपत्ति जनाएकी छन् । राष्ट्रियसभा सदस्य कोमल वलीले सामाजिक सञ्जालमा कडा आपत्ति प्रकट गरेकी हुन् । नेता पन्तले प्रयोग गरेका शब्दहरुले आमा दिदीबहिनी सबैलाई अपमान गरेको ओलीले तर्क गरेकी छन् । नेता पन्तको भनाइ यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

पन्तले एक कार्यक्रममा कोमल ओलीले साडी सारेर पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि ओलीले उनलाई केन्द्रीय सदस्य र राष्ट्रिय सभा सदस्य बनाएको टिप्पणी गरेका छन्। भिडियोमा पन्तले २० औँ वर्ष संघर्ष गरेका, विवाह नै नगरी पार्टीमा योगदान दिएका महिलाहरुले कहिल्यै टिकट नपाएको तर गोडा पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि कोमल वलीलाई केपी ‌‌ओलीले सांसद बनाएको आरोप लगाएका थिए । 

कोमल ओलीले पन्तको जवाफमा मानव विकासका क्रममा बन्ने तन्तुहरु बीचमै रोकिएको टिप्पणी गरेकी छिन्। ‘नेकपाका नेता रघु पन्तले महिलाहरुले प्राप्त गर्ने पदहरु पिडुँला देखाएर भन्ने जुन अभिव्यक्ति दिनुभएको छ उहाँको मानव विकासका क्रममा बन्ने तन्तुहरु बीचैमा रोकिएको जस्तो छ’, सामाजिक सञ्जालमार्फत जवाफ फर्काएकी छिन्। कोमल ओलीले सामाजिक सञ्जालमा यस्तो लेखिन–

प्रतिक्रिया दिनुहोस