काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता भएको एक महिनामै केपी शर्मा ओली बेइमान रहेछन् भन्ने कुरा आफूले थाहा पाएको बताएका छन् ।
‘माधव समूहलाई चार जिल्लामा सीमित पार्ने र त्यसपछि प्रचण्डलाई पनि ‘कच्याककुचुक’ पार्न सकिहालिन्छ भन्ने केपी ओलीको योजना बुझ्न मलाई एक महिना पनि लागेन’, शनिबार पार्टीसम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘जेठमा एकता भयो असार नसकिँदै कस्तो बेइमान मानिसको फेला परिएछ भन्ने कुरा मैले बुझिसकेको थिएँ।’
उनले तत्कालै विरोध गरिहाले एकता भएको एक महिनामै यस्तो कुरा गरे जनताले के भन्लान् भन्ने लागेर सहेर बसेको बताए । पार्टीको अध्यक्ष आलोपालो हुने सहमतिलाई ओलीले एक दिन पनि नमानेको उनले बताए । सहमति भनेको तोड्नकै लागि हो भन्ने नीति ओलीले अपनाउने गरेको प्रचण्डले बताए ।
केपी ओलीले आफूलाई महाराजधिराज ठान्ने गरेको बताउँदै उनले भने, ‘बैठक, बहस पटक्कै मन नपराउने, नेतृत्वमा पुग्न जस्तो पनि सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने परिपाटी ओलीमा रहेछ । यस्तो बेइमानी सामन्तमा मात्रै हुन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ फागुन २०७७, १४ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संख्याको तागत विवेकभन्दा ठूलो हुने प्रणालीले हाम्रो संघर्षलाई कठिन बनाएको छ : अध्यक्ष प्रचण्ड
कबाड व्यवसायीका समस्या समझदारीमा हल गर्न अध्यक्ष प्रचण्डको जोड
मधेसको शिक्षाबारे प्रचण्डलाई गराइयो ध्यानाकर्षण
पूर्व बाल सेनाका तर्फबाट प्रचण्ड र बाबुरामलाई विपक्षी बनाइएको रिट पेसीमा