फिलिपिन्स । विश्वका हरेक समुदायमा कुरा काट्ने कोही न कोही त हुन्छन् । कुरा काट्ने मान्छे नभएको सायदै कुनै समुदाय होला । तपाईं हाम्रै समुदाय वा साथी भाइको समूहमा पनि कुरा काट्ने कोही न कोही त हुन्छन् नै ।
कुरा काट्ने बानी रोकेर रोकिने त होइन । तर फिलिपिन्सको एक शहरले भने शहरका मानिसहरुलाई कुरा काट्नै प्रतिबन्ध लगाउँदै आएको छ । राजधानी मनिलाबाट २ सय किलोमिटर उत्तरमा रहेको बिनालोनान शहरले त्यहाँ बसोबास गर्ने मानिसका लागि कुरा काट्न प्रतिबन्ध लगाएको हो ।
शहरमा अनावश्यक अफवाह नफैलियोस् र शहरका मानिसहरुले अनावश्यक कुरा काटेर समय बर्बाद नगरुन् भन्नाका लागि कुरा काट्न प्रतिबन्ध लगाइएको हो । त्यहाँ सन् २०१७ यता कुरा काट्न प्रतिबन्ध लगाइएको छ ।
यसअनुसार अरु कसैको व्यक्तिगत जीवनबारे जुनसुकै कुरा गर्न समेत पाइदैन । शहरमा को मानिसले कति ऋण लियो, कसको चक्कर कोसँग चल्दैछ कसले कसलाई धोका दियो वा यस्तै किसिमका कुरा गर्न पाइदैन । यद्यपि कुन स्तरको संवादलाई कुरा काटेको भन्ने बारे भने शहरको स्थानीय कानूनमा केही खुलाइएको छैन ।
पहिलो पटक कुरा काट्ने मानिसलाई २ सय फिलिपिनी पेसो अर्थात् ३.८ डलर जरिवाना तथा ३ घण्टा सडकको फोहोर संकलन गर्ने सजाय दिइनेछ ।
पटक पटक यस्तै ‘अपराध’ दोहो¥याएमा २० डलरसम्म जरिवाना तिर्नुपर्ने तथा ८ घण्टासम्म सामुदायिक सेवा गर्नुपर्नेसम्मका सजाय तोकिएको छ । शहरमा यस्तो नियम लागू गरेयता यस्ता कुरा काट्ने गतिविधिमा उल्लेख्यीय कमी आएको त्यस शहरका मेयर रामोन गुइकोले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १५ फागुन २०७७, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
फिलिपिन्समा पहिरोः ५ जनाको मृत्यु, ४५ को सकुशल उद्धार
फिलिपिन्समा बस भीरबाट खस्दा २९ जनाको मृत्यु
ऊर्जा सङ्कटमा परेको फिलिपिन्समा अमेरिकाले आणविक लगानीको बाटो खोल्यो
नेपाली बालबालिकाले फिलिपिन्समा जिते दुई शीर्षसहित पाँच उपाधि
फिलिपिन्समा जहाज ठोक्किँदा एक जनाको मृत्यु, तीन बेपत्ता