शहीद स्मारक बी डिभिजन लिगमा आज २ खेल हुँदै

सफल खबर संवाददाता

शनिबार, १५ फागुन २०७७, ११ : ४८
शहीद स्मारक बी डिभिजन लिगमा आज २ खेल हुँदै

काठमाडौं । शहीद स्मारक बी डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । एन्फा कम्प्लेक्समा दिउँसो १२ः१५ बजे पुलचोक स्पोर्टस् क्लब र श्री भगवती क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

अर्को खेल दिउँसो साढे ३ बजे बाँसबारी क्लब र श्री कुमारी क्लबबीचको खेल हुनेछ ।१ अंक जोडेको पुलचोक स्पोर्टस् क्लब तालिकाको पुछारमा छ भने भगवती ५ अङ्कसहित १०औँ स्थानमा छ ।

१४ अंक जोडेको बाँसबारी तेस्रो स्थानमा रहेको छ भने श्री कुमारी क्लब ६ अङ्कसहित आठौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस