काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य देबेन्द्र पौडेलले जनताबाट प्राप्त विश्वासको मत खेर जान नदिने बताउनुभएको छ ।
नेकपा जैमिनी नगरकमिटीले आज कुश्मीसेरामा आयोजना गरेको जनसभामा नेता पौडेलले सरकारलाई काम गर्न कसैले नरोकेको तर्क गर्नुभयो ।
असंवैधानिक कदम चाल्ने अनि काम गर्न नदिएको भन्ने आरोप झूट भएको बताउँदै सो समूहका गण्डकी प्रदेश इञ्चार्जसमेत रहनुभएका उहाँले संसद् पुनःस्थापनासँगै जनताको मतलाई थप सदुपयोग गरेर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पार्टी केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले वर्तमान समस्या संसद्बाट हल भएर जाने विश्वास व्यक्त गर्नुभयो । प्रचण्ड–नेपाल पक्षधर नेकपालाई संसदीय दलको नेता छान्ने अधिकार रहेको बताउँदै उहाँले संसदीय दलको नेतासमेत आफुहरूले तय गर्ने बताउनुभयो ।
उहाँले सूर्य चिह्न आफुहरूले नै पाउनुपर्ने जिकीर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १४ फागुन २०७७, २० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी एकता जोगाउन खनाल–नेपालसहित १५ नेताको सयुक्त अपिल
राष्ट्रिय सभाको उपनिर्वाचन जेठ ६ मा
रिक्त राष्ट्रियसभा सदस्यका लागि जेठ ६ गते उपनिर्वाचन हुने
वार्ताबाट निस्केपछि नेपालले भने, ‘म बोल्दिन, बोल्नुपर्ने गरी केही प्रगति भएको छैन’
ओली-नेपालको वार्ता डेढ घन्टामै सकियो
धरहरा हेर्दाहेर्दै होला त आइसब्रेक !