ओली समूहले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटायो

सफल खबर संवाददाता

शुक्रबार, १४ फागुन २०७७, १७ : १७
ओली समूहले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटायो


काठमाडौं । नेकपा ओली समूहले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको छ । उनको ठाउँमा विशाल भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको छ ।

संसद विघटन गर्नुअघि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुङको राजीनामा मागेका थिए । सचेतक गुरुङले यसअघि प्रधानमन्त्री ओलीको आलोचना गरेका थिए । 

प्रतिक्रिया दिनुहोस