न्यायमूर्तिहरुलाई नेकपा चितवनको आभार

सफल खबर संवाददाता

शुक्रबार, १४ फागुन २०७७, १५ : ३४
न्यायमूर्तिहरुलाई नेकपा चितवनको आभार

चितवन । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर गरी संसद पुनःस्थापना गरेकोमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले आभार ब्यक्त गरेको छ  ।

Yeti Diistillery Tansen Cement box

नेकपाले शुक्रबार एक विज्ञप्ति जारी गरी उक्त फैसलाको स्वागत गरेको हो । साथै नेकपाले प्रतिगमनविरुद्धको आन्दोलनको क्रममा पार्टीले आह्वानमा गरेको विरोध जुलुस तथा सभालगायतका अन्य विरोधका कार्यक्रमहरुमा सक्रिय सहभागी हुने तथा आन्दोलनलाई सफल बनाउन स्वेच्छिकरुपमा आर्थिक सहयोग पु¥याउने सबै लाई  धन्यवाद ज्ञापन गरेको छ  ।

प्रतिनिधिसभा पुर्नस्थापनापछि हुने प्रतिगामी चलखेल र चुनौतीका विरुद्ध सचेत भएर लाग्नसमेत नेकपा चितवनले आगह गरेको छ ।