झापामा लागुऔषधसहित दुई जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १४ फागुन २०७७, ११ : ४०
झापामा लागुऔषधसहित दुई जना पक्राउ

झापा । झापामा लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । लागुऔषधको उच्च कारोवार हुने गरेको झापामा दुई जना ब्राउनसुगरसहित पक्राउ परेका हुन् । 

पूर्वीनाका मेची नगर ६ मा पर्ने मेची पुलबाट ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागूऔषध नियन्त्रण व्युरो काकडभिट्टाको टोलीले दमक ९ का २५ वर्षीय रोशन दर्जीलाई पक्राउ गरेको हो । उनको साथबाट ५ ग्राम लागु औषध ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

सोही विर्तामोड ३ का २१ वर्षीय उदयकुमार शाहसमेत लागुऔषधसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार उनको साथबाट पनि ५ ग्राम लागु औषध ब्राउन सुगर बरामद भएको छ ।

केही समययता पूर्वीनाका काँकडभिट्टा हुँदै लागुऔषधको कारोवार बढेसँगै कारोवारीहरु समातिने क्रम पनि बढेको छ ।

प्रतिक्रिया दिनुहोस