नायक पल शाह विरुद्ध कुटपिट तथा हातपात गरेको आरोपमा उजुरी

सफल खबर संवाददाता

शुक्रबार, १४ फागुन २०७७, ०९ : ३०
नायक पल शाह विरुद्ध कुटपिट तथा हातपात गरेको आरोपमा उजुरी

विराटनगर । नेपाली चलचित्रका नायक पल शाह विरुद्ध कुटपिट गरेको आरोपमा धरानमा उजुरी परेको छ । सुनसरीमा म्युजिक भिडियो छांयाकनका क्रममा रहेका उनीविरुद्ध हातपात तथा कुटपिट गरेको आरोपमा  उजुरी परेको छ । 

सोही घटनालाई लिएर प्रहरीले दुवैपक्षलाई छलफल गर्न प्रहरी कार्यालय बोलाएको छ । नायक पल शाहका सेक्रेटरी कृष्णप्रसाद जोशीले अर्का कलाकार अरुण प्रधानलाई दुव्र्यहार र हातपात गरेको आरोपमा नायक शाह र जोशीविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेको हो । 

धरान १० मा अवस्थित ज्वाईं खाना घरमा चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष प्रधानले निमन्त्रणा गरेको तर शाहले आउन नमानेपछि फेसबुकमा राखेको स्टाटसबाट हटाउनेभन्दा विवाद परेको बताइएको छ ।

प्रधानले स्टाटस डिलिट गर्ने जानकारी गराए पनि त्यही विषयमा विवाद गरी शाहका सेक्रेटरीले आफूलाई मुक्का प्रहार गरेको प्रधानको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस