आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

शुक्रबार, १४ फागुन २०७७, ०८ : ४८
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार मुलुकका केही पहाडी स्थानमा आंशिकदेखि सामान्य बदली भए पनि अधिकांश स्थानमा शुक्रबारको मौसम  सफा रहने  जनाएको छ ।

प्रदेश नम्बर १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक, दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको छ । यस्तै शुक्रबार राति पनि प्रदेश नम्बर १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ ।

प्रतिक्रिया दिनुहोस