कोरोना महामारी बिच नेपाल फर्किनेहरु फेरि धमाधम विदेश जान थाले

पत्रपत्रिकाबाट

शुक्रबार, १४ फागुन २०७७, ०८ : ०४
कोरोना महामारी बिच नेपाल फर्किनेहरु फेरि धमाधम विदेश जान थाले

काठमाडौं । कोरोना  महामारीकै  बीचमा  स्वदेशमा रोजगारीको अवसर नपाएपछि नेपाली युवा वैदेशिक रोजगारीमा  जान  बाध्य  छन् ।  नेपाली  श्रमिकको  आकर्षक गन्तव्य  मानिएका  खाडीका  मुलुकमा  कोरोना  भाइरसको सङ्क्रमण  घट्दै  गएको  र  खोप  लगाउन  सुरु  भएसँगै रोजगारीका लागि विदेशिनेको सङ्ख्या बढेको हो । 

विशेषगरी  नेपालीहरूको  रोजाइमा  खाडी  मुलुक  साउदी अरब,  संयुक्त  अरब  इमिरेटस्  (यूएई)  कुबेत,  बहराइन  र मलेसिया लगायतका देश पर्ने गरेका छन् । वैदेशिक रोजगार विभागका अनुसार गत माघमा मात्रै १७ हजार  ८८७  जनाले  श्रम   स्वीकृति  लिएका  छन् ।  जसमा  एक हजार ४५१ महिला रोजगारीका लागि विभिन्न देश गएका छन् भने १६ हजार ४३६ पुरुषले श्रम  स्वीकृति लिएका छन् । कोरोनाका कारण रोजगारी विदेशमा रोजगारी गुमाएर झण्डै तीन  लाख  नेपाली   स्वदेश  आएका  छन् ।  

सरकारले  कोरोनाको विपद्  सुरु  हुँदा  विदेशबाट  फर्केका  श्रमिकलाई  नेपालमा  नै रोजगारी  दिने  घोषणा  गरेको  थियो  तर  त्यसअनुसार  रोजगारी सिर्जना  हुन  नसक्दा  कोरोना  त्रासकै  बीचमा  हजारौँ  सङ्ख्याका नेपाली  युवा  वैदेशिक  रोजगारीमा  गएको  माथिको  तथ्याङ्कले देखाएको  छ ।

 सो  महिनामा  सबैभन्दा  बढी  श्रमिक  संयुक्त  अरब इमिरेट्स यूएई गएको विभागले जनाएको छ । विभागका  अनुसार  सो  अवधिमा  चार  हजार  ५४९  पुरुष र ६५९ महिला गरी जम्मा पाँच हजार २०८ जना नेपाली यूएई गएका छन् । यस्तै साउदी अर्ब चार हजार ९७८ जना श्रमिक रोजगारीका  लागि  विदेशिएका  छन् ।  

त्यसपछि  कतारमा  चार हजार  ९६६  जना  नेपाली  रोजगारिका  लागि  माघ  महिनामा गएको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ । य स्तै ओमानमा ३४४ जना रोजगारीका लागि गएका छन् भने मलेसियामा जम्मा १६ जना मात्रै गएका छन् । मलेसिया नेपालीका प्रमुख  श्रमगन्तव्य  मुलुक  भए  पनि  त्यहाँ  अझै  कोरोना  सामान्य अव स्था  नभएकाले  बन्दाबन्दीकै  अव स्था  रहेकाले  मलेसियाबाट माग नआएको विभागका महानिर्देशक कुमार दाहालले बताए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस