काठमाडौं। जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा बाबुराम भट्टराईले सत्ता समिकरणमा पुरानै कुर्सीको खेल सुरु भएको बताएका छन् । उनले सर्वोच्च अदालतपछि राजनीति पुनः दल र नेताको कोर्टमा पुगेको बताएका छन्। उनले अब टाउको गन्ती, ज्योतिषको जोखाना, किनबेचको शृंखला चल्न सक्ने भन्दै जनता र देशको चाहना भने राष्ट्रिय सहमति रहेको बताए।
बिहीबार सामाजिक सञ्जालमा डा भट्टराईले लेखेका छन्, ‘संसद पुनस्र्थापनापछि राजनीति पुनः दल र नेताको कोर्टमा पुगेको छ। घर ज्वाइँलाई खानको धन्दा भने झैँ उही पुरानै कुर्सीको खेल सुरु हुने खतरा छ,’
भट्टराईले भनेका छन्, ‘देशको आवश्यकता र जनताको चाहना दल र नेताले पाठ सिकुन्। नयाँ राष्ट्रिय सहमति गरून् भन्ने छ है, चेतना भया !
संसद् पुन स्थापना भएपछि नेताहरूले दीपावली गर्ने नभएर गम्भीर आत्मसमीक्षा गर्ने बेला भएको उनको भनाई छ। संसद् पुन स्थापना भए पनि केही राजनीतिक प्रश्न भने बाँकी रहेको भट्टराईले बताएका छन्।
उनले लेखेका छन्, ‘ऐले दीपावली हैन गम्भीर आत्मसमीक्षा गर्ने वेला हो । देश पुस ५ मा फर्केको मात्र छ, यी सबै प्रश्न अनुत्तरित छन् भष्मासुरलाई कसले हुर्कायो ? पाल्यो ? राजनीतिलाई राज्य दोहनको साधन कसरी बनाइयो ? राजनीतिक नेतृत्व यति भ्रष्ट ? मूल्यमान्यताविहीन कसरी बन्यो ? त्यसलाई तुरुन्तै जनताले पत्याउने कसरी ? मम भनौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ फागुन २०७७, १४ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाबुराम, जनार्दन र सन्तोषलगायतले आज पार्टी एकता घोषणा गर्दै
यो सबै मिलेर आगो निभाउने र नयाँ घर बनाउने बेला हो: बाबुराम भट्टराई
बाबुराम, जनार्दन र डीपी अर्याल लगायतबिच छलफल
निर्वाचनमार्फत देशको नेतृत्व लिएर अघि बढ्ने तयारी गर्नु : जेनजीहरुलाई बाबुरामको सुझाव
नयाँ राजनीतिक विकल्प तयार गर्न बाबुरामको जोड
जेनजी विद्रोहको परिणाम के हुन्छ, अझै प्रस्ट भइसकेको छैन : बाबुराम भट्टराईले दिए यि चारबुँदे सुझाव