प्रम ओलीका प्रेस सल्लाहकार थापाको टिप्पणी : ‘प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री बन्नै नसक्ने, गोरु ब्याएर बिगौती खान खोजे जस्तो मात्र'

सफल खबर संवाददाता

विहीबार, १३ फागुन २०७७, १२ : १७
प्रम ओलीका प्रेस सल्लाहकार थापाको टिप्पणी : ‘प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री बन्नै नसक्ने, गोरु ब्याएर बिगौती खान खोजे जस्तो मात्र'

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री बन्न नसक्ने ठोकुवा गरेका छन् ।

Yeti Diistillery Tansen Cement box

बिहिबार सामाजिक सञ्जाल फेसबुकबाट कटाक्ष गर्दै उनले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्वको प्रधानमन्त्रीत्वमा नयाँ सरकार बन्ने संभावना असम्भव र शून्य बराबर रहेको उल्लेख गरेका छन् । 

उनले फेसबुकमा लेखेका छन्–‘ ‘पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्व प्रधानमन्त्रीत्वमा नयाँ सरकार बन्ने संभावना त शून्य बराबर, अर्थात असम्भव नै छ । यो गोरु ब्याएर बिगौती खान खोजजस्तै मात्र हो । कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरू हेर्दै जाऔं ।’