काठमाडौं । सेयर बजारमा लगानीको तयारी गरिरहेका र लगानीमा प्रवेश गरिसकेका कतिपयलाई ‘क्लोज आउट’ बारे जानकारी नहुन सक्छ । क्लोज आउटबारे जानकारी नहुँदा कतिबेला कारबाहीमा परिन्छ सो को समेत हेक्का हुँदैन ।
आफुसँग नभएको सेयर बिक्री गरे सो कारोबार क्लोज आउटमा पर्ने गर्छ । मानौँ दोस्रो बजारमा कुनै लगानीकर्ताको १० कित्ता सेयर छ । तर, उसले १० लेख्ने ठाउँमा भुलबस एउटा शुन्य थपेर १०० कित्ताको आदेश दाखिला गर्यो भने सो कारोबार क्लोज आउटमा पर्छ ।
लगानीकर्ताले सेयर दिन नसके कारोबार गरिएको मूल्यको आधारमा बाँकी रहेको ९० कित्ता सेयरको २० प्रतिशतले हुन आउने रकम जरिवाना स्वरूप खरिदकर्तालाई तिर्नुपर्छ । तर कुनै लगानीकर्ताले २० प्रतिशत हुन आउने रकम प्राप्त गरेमा उसले त्यस रकमको २५ प्रतिशत हुन आउने रकम आकस्मिक लाभकर स्वरूप सरकारलाई बुझाउनु पर्छ ।
कोही लगानीकर्ता नियतबस क्लोज आउटमा पर्ने गरेको भएपनि धेरैजसो लगानीकर्ता अन्जान र भूलवश क्लोज आउटमा पर्ने गरेका छन् । सेयर विज्ञ डा केशव श्रेष्ठ सेयर बजारमा पस्नेले क्लोज आउटको विषयमा जानकारी राख्नैपर्ने बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ फागुन २०७७, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६२ अंकले बढ्यो सेयर बजार
सामान्य अंकले बढ्यो सेयर बजार
१६ अंकले बढ्यो सेयर बजार
१८.४० अंक घट्यो सेयर बजार
सेयर बजार २५२८ मा झर्यो
सेयर बजारका सबै सूचक बढे