काठमाडौं । सर्वाेच्च अदालतले प्रधानमन्त्रीको असम्वैधानिक प्रतिनिधीसभा विघटनको निर्णयलाई बदर गरेर संसद पूर्नस्थापना गरिदिएपछि नेकपाको प्रचण्ड नेपाल समुहले आज देशभर खुसीयाली मनाउँदै छ ।
अदालतको निर्णयसँगै हिजै साँझ देखि सडकमा विजय जुलुस निकाल्ने, दिपावली गर्ने काम स्वस्फूर्त गरिसकेको प्रचण्ड माधव नेपाल समुहले आज भने देशैभर विजय जुलुस निकाल्ने र विजय सभा आयोजना गर्ने तयारी गरेको छ ।
केन्द्रीय संर्घष समितिका सहसंयोजक तथा स्थायी समिति सदस्य पम्फा भुषालले १२ बजे काठमाडौंको शान्तिवाटिकाबाट विजय र्याली निकाल्ने कार्यक्रम तय भएको बताइन् । ‘हामी आज १२ बजे शािन्तवाटिकाबाट विजय र्याली निकाल्ने तयारी गरिरहेका छौं, यो जनताको जित भएको छ ।
संविधानवादको जित भएको छ । यसको खुसीयालीमा हामी प्रतिगमनविरुद्धको आन्दोलनमा सहभागी सबैलाई विजय उत्सव मनाउन आग्रह गरिरहेका छौं,’ नेतृ भुषालले भनिन । विजय र्यालीमा नेकपाका अध्यक्षद्धय प्रचण्ड र माधव नेपाल पनि सहभागी हुने भएका छन् ।
हिजै चितवन पुगेका प्रचण्ड र माधव नेपाल आज बिहान ९ वजे चितवनबाट काठमाडौं फर्किदैछन् । काठमाडौं फर्केसँगै अध्यक्षद्धय प्रचण्ड र माधव नेपाल दुवै जना नेता विजय र्यालीमा सहभागी हुने छन् । विजय र्याली पछि र्यालीलाई प्रचण्ड र माधव नेपालले सम्बोधन गर्ने छन् । दिउँसो ४ बजे नेकपाले संसदीय दलको बैठक बोलाएको छ । वैठकले अब अब कसरी जाने भन्ने विषयमा छलफल गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ फागुन २०७७, ०८ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ
नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग