मोगादिसुको होटेल नजिकै आत्मघाती कार विष्फोट, १४ जनाको मृत्यु

शुक्रबार, ०९ चैत्र २०७४, १० : १९
मोगादिसुको होटेल नजिकै आत्मघाती कार विष्फोट, १४ जनाको मृत्यु

 

मोगादिसु, सोमालिया । सोमालियाको राजधानी मोगादिसुस्थित एक होटेल नजिकै गराइएको आत्मघाती कार विष्फोटमा परी कम्तिमा १४ जनाको मृत्यु भएको यहाँको सरकारले जनाएको छ ।

विष्फोटबारे सरकारका प्रवक्ता अब्दियाजिज अली इब्राहिमले भन्नुभयो, “राजधानीस्थित एक होटेल नजिकै विष्फोटक पदार्थले भरिएको कार विष्फोट गराइँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । घटनामा केही सर्वसाधारण घाइते भएका छन् ।”

घटनालाई देखेको बताउने एक सोमालियाली नागरिकले कारलाई एक्कासी ल्याएर होटेल  नजिकैको विजुलीको खम्बामा ठक्कर दिएपछि ठूलो आवाजसहित विष्फोट भएको बताए । घटनाको जिम्मा समाचार तयार पार्दासम्म कुनै समूहले लिएको छैन । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस