कोरोना भाइरस सङ्क्रमणको शुरु भएदेखियता संयुक्त राज्य अमेरिका करिब पाँच लाख व्यक्तिको मृत्यु भएको छ ।अमेरिकामा कोरोना भाइरसका कारण विश्वको तुलनामा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
‘हामीले सयौं वर्षयता इन्फ्लुएन्जाको महामारीपछि यति धेरै नागरिकको ज्यान गएको यो मात्र देखेका छौँं’ अमेरिकी राष्ट्रपति जो बिइडेनका प्रमुख चिकित्सा सल्लाहकार एन्थोनी फौसीले बताएका छन् ।
अमेरिकामा कोरोना भाइरसबाट चार लाख ९८ हजार जनाको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ । सन् २०२० फेब्रुृअरीमा संयुक्त राज्य अमेरिकामा कोभिड–१९ बाट पहिलो व्यक्तिको मृत्यु घोषणा भएको थियो । एक वर्षपछि कोरोना भाइरसबाट मृत्यु हुनेृ व्यक्तिको संख्या पाँच लाख पुगेको छ ।
अमेरिकामा मृत्यु हुने संख्या पाँच लाख पार गर्ने क्रममा बाइडेनले भने कि उनीहरु संकटको कहिले समाधान हुन्छ भन्ने बारे दृढ भविष्यवाणी गर्न नचाहनु भएको बताइन्छ ।
तर अमेरिकामा कोरोना भाइरसको खोप दिन थालिसकिएको छ । यहाँ अहिलेसम्ममा ६ करोड १० लाख जनाले यो खोप लगाइसकेका छन् । त्यसैगरी एक करोड ८० लाख जति नागरिकले भने यो खोपको पूरै मात्रा लगाएका पनि अमेरिकी औषधि विभागले जानकारी दिएको छ ।[रासस÷एएफपी]
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १० फागुन २०७७, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युरोपेली संघका सदस्य राष्ट्रले मासिक १० करोड खोप पाउने
भारतमा एक करोड १२ लाख २९ हजार भन्दा बढी कोरोना सङ्क्रमित
अफगानिस्तानमा कारबाहीका क्रममा दश जना तालिबान मारिए
यमनको एक आप्रवासी शिविरमा आगलागी हुँदा आठ जनाको मृत्यु
चीन र भारतबीचको सीमा विवाद पूरानो भएको चिनियाँ परराष्ट्रमन्त्रीको भनाइ
भारतको बजेट अधिवेशन सोमबारदेखि सुरु हुने